पश्चिम अफ्रिकामा डुंगा पल्टिँदा ६० जनाको मृत्यु
पश्चिम अफ्रिकामा डुंगा पल्टिँदा ६० जनाको मृत्यु
काठमाडौँ । पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासी चढेको डुंगा पल्टिँदा ६० जनाको मृत्यु भएको छ ।
१ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको थियो । दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको जनाइएको छ । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।
स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुरु गरिएको थियो । बीबीसीका अनुसार उक्त दुर्घटनामा बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो ।
