images

Sep 29 2026 | २०८३, असोज १३ गते

बायोमेट्रिक, शैक्षिक पृष्ठभूमि र रोजगारीसम्बन्धी विवरण संकलन गर्दै एक्स

बायोमेट्रिक, शैक्षिक पृष्ठभूमि र रोजगारीसम्बन्धी विवरण संकलन गर्दै एक्स

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • बायोमेट्रिक, शैक्षिक पृष्ठभूमि र रोजगारीसम्बन्धी विवरण संकलन गर्दै एक्स

    काठमाडौं । एक्स अथवा पहिलेको ट्विटरले प्रयोगकर्ताहरूको बायोमेट्रिक डेटा संकलन गर्ने भएको छ । कम्पनीले अद्यावधिक गरेको गोपनीयता नीतिमा अनुहारको विवरणजस्ता डेटा संकलन गर्न सक्ने बताएको हो ।

    यसको सब्सक्रिप्सन सर्भिस एक्स प्रिमियमका साइन अप गरेका व्यक्तिले भेरिफिकेसनका लागि सेल्फी र आईडी पठाउन सक्ने छन् । नीतिमा एक्सले रोजगारी र शैक्षिक पृष्ठभूमिको डाटा संकलन गर्न सक्नेसमेत उल्लेख गरेको छ ।

    यसले सम्भावित रोजगारीको अवसरको सुझाव दिन र जागिरका लागि आवेदन दिँदा रोजगारदातालाई विवरण पठाउन मद्दत हुने कम्पनीले जनाएको छ ।

    पछिल्ला दिनहरूमा एक्सले अब रोजगारी दिन पाउन सकिने सेवा थप्ने आकलन गरिएको छ । गत मेमा कम्पनीले लास्की नामक रिक्रुटिङ सेवा कम्पनी खरिद गरेको थियो ।

    एक्सको नयाँ गोपनीयता नीति २९ सेप्टेम्बर देखि लागु हुने छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट