images

Sep 29 2026 | २०८३, असोज १३ गते

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’,प्रधानमन्त्रीलाई सुरूङभित्रै सोफा

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’,प्रधानमन्त्रीलाई सुरूङभित्रै सोफा

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
  • नागढुंगा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’,प्रधानमन्त्रीलाई सुरूङभित्रै सोफा

    काठमाडौँ । नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य सडकको रुपमा रहेको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको हो।

    करिब ५३ महिनापछि हुन लागेको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत पुगेका छन् । उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

    अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

    २.६ किमि लम्बाइ रहेको उक्त सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा निर्माण भएको हो । २२ अर्ब रुपैँयामा ठेक्का सम्झौता भएको यो सुरुङमार्गमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक लगानी रहेको छ । 

    २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त सुरुङमार्ग निर्माण सम्पन्न भएसँगै नागढुंगाको अत्यासलाग्दो जाममा बस्नुपर्ने बाध्यताबाट नागरिकले मुक्ति पाउने छन् । हालका लागि ब्रेक थ्रु भएपनि काम सकिन अझै एक वर्ष लाग्ने निर्माण कम्पनीले जनाएको छ । 

    जापानी कम्पनी हाजमा अन्दो कर्पोरेसनले निर्माण गरिरहेको उक्त सुरुङमार्गले करिब ५ किलोमिटरको दुरी छोट्याउने छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिने निर्माण कम्पनीको दाबी छ । 

    नेपालमा यसअघि जलविद्युत् उत्पादन तथा सिंचाई प्रयोजनका लागि विभिन्न स्थानमा ससाना सुरुङको निर्माण भइसकेको भएपनि सडकमार्गका रुपमा प्रयोगमा आउन लागेको यो सुरुङमार्ग पहिलो सुरुङमार्ग हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट