images

Sep 29 2026 | २०८३, असोज १३ गते

टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग

टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग

    काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदको लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक सूचनामार्फत नेपाल टेलिकमको प्रबन्ध निर्देशक अर्थात् ‘एमडी’ पदका लागि दरखास्त माग गरेको हो ।

    सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने सुचनामा उल्लेख छ ।

    त्यस्तै, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम योज्ञता राखिएको छ ।

    त्यसैगरी, दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएको हुनुपर्ने समेत उल्लेख गरिएको छ ।

    आवेदकले आजको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने जनाइएको छ । दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको व्यक्तिले दरखास्त दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट