images

Sep 29 2026 | २०८३, असोज १३ गते

पहिलो हाफमा नेपाल ४-० ले अघि

पहिलो हाफमा नेपाल ४-० ले अघि

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ८ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ८ २०८१
  • पहिलो हाफमा नेपाल ४-० ले अघि

    काठमाडौँ ।  महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ ।

    सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा १ गोल र २ असिस्ट दिएकी छिन् । रेखा पौडेल र सविता राना मगरले १-१ गोल गरेका छन् ।

    खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्र भित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।

    ११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् ।


    १३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गर्दै नेपाललाई ३-० ले अघि बढाइन् ।

    ३७ औं मिनेटमा नेपालले ४-० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट