images

Sep 29 2026 | २०८३, असोज १३ गते

साफ च्याम्पियनसिप फुटबल खेलको टिकट एन्फा आफैँले वितरण गर्ने

साफ च्याम्पियनसिप फुटबल खेलको टिकट एन्फा आफैँले वितरण गर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १३ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १३ २०८१
  • साफ च्याम्पियनसिप फुटबल खेलको टिकट एन्फा आफैँले वितरण गर्ने

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलकोे टिकट बिक्री आफैँले गर्ने भएको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भोलि साँझ हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । उक्त खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । 

    एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेट बाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ । टिकट बिहान ८ देखि वितरण हुनेछ । 

    एन्फाले साधारणतर्फ ११ हजार र भिआइपीतर्फ एक हजार मात्र टिकट बिक्री गरिने बताइएको छ । साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआइपी प्याराफिटतर्फ रु एक हजार टिकट दर तोकिएको छ । 

    त्यसैगरी एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिसँगको सम्झौता पनि रद्द भएको जानकारी दिएको छ । फाइन खेलमा एन्फाले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको छ । 

    त्यसैगरी अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट