Aug 11 2026 | २०८३, साउन २६ गते

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २५ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २५ २०८२
  • पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ । पशुपति आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    images

    मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरी वृत्त गौशालाले आरोपितहरूलाई पक्राउ गरेर सोधपुछ थालेको छ।

    पक्राउ परेका व्यक्तिहरू पशुपति आर्यघाटमा शव जलाउने काम गर्छन्। एक मृतकका आफन्तको जाहेरी परेपछि शुक्रबार नै उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए। 

    जाहेरवालाले पक्राउ परेका व्यक्तिहरूले शवबाट हड्डी निकालेको आरोप लगाएका छन्। ‘उनीहरूले त्यसरी हड्डी निकालेका हुन् कि होइनन्हो ? भने कहाँ, कसलाई बेच्ने गरेका छन् ? यी सबै विषयमा अनुसन्धान भइरहेको छ। अहिले यही हो भन्ने अवस्था छैन’, एसपी चन्दले भने। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट