Aug 10 2026 | २०८३, साउन २५ गते

प्यालेस्टिनी अधिकारीलाई अमेरिका प्रवेशमा रोक, इयुको आपत्ति

प्यालेस्टिनी अधिकारीलाई अमेरिका प्रवेशमा रोक, इयुको आपत्ति

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १५ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १५ २०८२
  • प्यालेस्टिनी अधिकारीलाई अमेरिका प्रवेशमा रोक, इयुको आपत्ति

    युरोपेली सङ्घ (इयु) का विदेश मामिलासम्बन्धी मन्त्रीको कोपनहेगनमा शनिबार सम्पन्न बैठकमा अमेरिकाले हालै प्यालेस्टिनी अधिकारीलाई प्रवेश अनुमति नदिएको निर्णयप्रति गहिरो चिन्ता व्यक्त गर्दै सो निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ।  

    images

    शुक्रबार अमेरिकी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र सङ्घको महासभा हुनुअघि फिलिस्तीनी मुक्ति सङ्गठन ९पिएलओ० र प्यालेस्टिनी प्रशासनका सदस्यलाई प्रदान गरिएका प्रवेश अनुमतिहरू अस्वीकार तथा रद्द गरिएको जानकारी दिएको थियो।  

    बैठकमा गाजामा जारी मानवीय सङ्कटबारे पनि गहन छलफल गरिएको थियो। तर इजरायलविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा सहभागी राष्ट्रबीच मतभेद देखिएको थियो।  

    युरोपेली सङ्घकी विदेश नीति प्रमुख काया काल्लासले पत्रकार सम्मेलनमा सबै सदस्य राष्ट्रले अवस्था गम्भीर रहेको स्वीकारे पनि ठोस निर्णयमा पुग्न नसकेको बताए।  

    बैठकको अध्यक्षता गरेका डेनमार्कका परराष्ट्र मन्त्री लार्स लोके रस्मुसेनले भने अनुसार अब धेरै सदस्य राष्ट्र इजरायल सरकारमाथि बलियो दबाब नपरेसम्म कुनै परिवर्तन सम्भव नरहेको निष्कर्षमा पुग्दैछन्।  

    बैठक स्थल बाहिर सयौँ प्रदर्शनकारीले गाजामा भइरहेको मानवीय सङ्कटप्रति ध्यान दिन आग्रह गर्दै युरोपेली सङ्घ र डेनमार्क सरकारलाई कडा कदम चाल्न माग गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट