images

Sep 29 2026 | २०८३, असोज १३ गते

निर्धारित समयमा निर्वाचन नभए संसद पुनर्स्थापना अपरिहार्य : प्रकाशमान सिंह

निर्धारित समयमा निर्वाचन नभए संसद पुनर्स्थापना अपरिहार्य : प्रकाशमान सिंह

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
  • निर्धारित समयमा निर्वाचन नभए संसद पुनर्स्थापना अपरिहार्य : प्रकाशमान सिंह

     काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन्।

    शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भए पनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा बताएका हुन्।


    "ट्र्याकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो। तर कथं कदाचित विभिन्न कारणबाट निर्वाचन नभएको खण्डमा संसद पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ' उनले भने।

    उनले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।  महाविधेशनको कार्यतालिका सर्वसम्मत रुपमा आएकाले १५ औँ महाधिवेशन हुनेमा शंका नगर्न उनले आग्रह गरे।

    'महाधिवेशन हुन्छ कि हुँदैन?  महाधिवेशन किन नहुने? सर्वसम्मत रूपमा कार्यतालिका पारित भएको छ। यसको प्रक्रिया पूरा गर्नको लागि विधि पूरा गर्नुपर्छ। कसैलाई हतार भयो भन्दैमा विधि प्रक्रिया नै नपुर्‍याइ विधि मिचेर महाधिवेशनलाई अगाडि बढाउने भन्ने चाहीँ हुँदैन,'उनले भने।


    उनले क्रियाशील वितरण गर्ने प्रक्रियालाई कांग्रेसको विधानअनुसार हुनुपर्ने बताए।– न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट