images

Sep 29 2026 | २०८३, असोज १३ गते

नवलपरासी-१ बाट कांग्रेसका विनोद चौधरी उम्मेदवार सिफारिस

नवलपरासी-१ बाट कांग्रेसका विनोद चौधरी उम्मेदवार सिफारिस

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
  • नवलपरासी-१ बाट कांग्रेसका विनोद चौधरी उम्मेदवार सिफारिस

    काठमाडौँ -नेपाली कांग्रेसले नवलपरासी(१) बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ विनोद चौधरीको नाम सिफारिस गरेको छ।

    फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा चौधरीको एकल नाम सिफारिस भएको हो।

    लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो।

    चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएकोमा पार्टीले साधारण सदस्य नै नरहने गरी कारबाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको हो।

    खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए। पार्टीको कारबाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो।

    'नेपाली कांग्रेस जिल्ला क्षेत्र नं. १ को कार्यसमितिबाट आएको सिफारिसमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट कारबाहीमा परेका विक्रम खनालको बारेमा उल्लेख गरिएको हुँदा सिफारिस गर्न नमिल्ने अवस्थामा जिल्ला कार्यसमितिबाट सिफारिस भई आएकोमा उक्त व्यक्ति कारवाहीमा परेको हुँदा सिफारिस नगरिएको व्यहोरो अनुरोध गर्दछु' लुम्बिनी प्रदेश कार्यसमितिको निर्णयमा भनिएको छ।

    नवलपरासी- १ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट