images

Sep 29 2026 | २०८३, असोज १३ गते

लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ९ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ९ २०८२
  • लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

    काठमाडौँ -नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जान सुझाव दिएका छन्। 

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलाएको छ।

    यस विषयमा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो। 

    केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश नेताहरूले तत्कालीन गृहमन्त्री लेखकलाई बयानमा जान सुझाव दिएका हुन्।

    तत्कालीन गृहमन्त्री लेखकलाई बयानमा जान सुझाव दिइएको प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूलाई जानकारी दिए।


    'उहाँलाई बयानमा बोलाएको विषयमा छलफल भयो। हामीहरूले उहाँलाई बयानमा जाँदा राम्रो हुन्छ भनेर सुझाव दिएका छौँ,' उनले भने।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट