Aug 10 2026 | २०८३, साउन २५ गते

पहिलोपटक अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतिस्पर्धामा उत्रिँदै नेपाल

पहिलोपटक अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतिस्पर्धामा उत्रिँदै नेपाल

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १० २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १० २०८२
  • पहिलोपटक अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतिस्पर्धामा उत्रिँदै नेपाल

    काठमाडौँ -नेपालले इतिहासमा पहिलो पटक अन्तराष्ट्रियस्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

    images

    भारतीय आईस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिङ महासंघ र  अन्तराष्ट्रिय स्केटिङ महासंघसँगको सहकर्यतामा हुन लागेको शर्ट ट्रयाक स्पीड आईस स्केटिंङ प्रतियोगितामा नेपालबाट २ जना महिला तथा ४ जना पुरुष खेलाडी हरुले सहभागिता जनाउन लागेका हुन्।

     नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुष १२ गते देखि १४ गते सम्म भारतको देहेरादुनस्थित माहाराना प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तराष्ट्रिय आईस स्केटिंङ रिंक सेन्टरमा आयोजना हुने प्रतियोगितामा नेपाल बाट सिनिअर पुरुष तर्फको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वे त्यस्तै जुनिअर महिला तर्फको ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनिअर २५० मिटरमा जेभिअर जंग थापा र सायोन अर्यालले भाग लिने निश्चित भएको छ।

    त्यस्तै उक्त प्रतियोगितामा टिम म्यानेजरका रुमपा सन्जु श्रेष्ठ तथा अफिसिएलमा संघका महासचिव सत्य थापाले सहभागिता जनाउने छन्।

    सो प्रतियोगितामा सहभागी हुन जान लागेको नेपालि स्केटिङ खेलाडीहरुको टिमलाई बिदाई गर्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले यस ऎतिहासिक सहभागिता नेपालको लागि खुसीको कुरा रहेको बताउदै शीतकालीन ओलम्पिक खेलको रुपमा रहेको आईस स्केटिंङ खेल नेपालका लागि भूगोल सुहाउँदो खेल भएकोले यस खेलबाट नेपालले मेडल जित्ने बिश्वास व्यक्त गरे। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट