Aug 10 2026 | २०८३, साउन २५ गते

8848 Cricket Club विन्टर कप २०२५ को विजेता, फाइनलमा Success Strikers लाई पराजित

8848 Cricket Club विन्टर कप २०२५ को विजेता, फाइनलमा Success Strikers लाई पराजित

फाइनलमा Success Strikers लाई पराजित

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १९ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १९ २०८३
  • 8848 Cricket Club विन्टर कप २०२५ को विजेता, फाइनलमा Success Strikers लाई पराजित

    गोल्डकोस्ट, अष्ट्रेलिया। गोल्डकोस्ट गोर्खाजद्वारा आयोजित "विन्टर कप २०२५" क्रिकेट प्रतियोगिता हिजो सफलतापूर्वक सम्पन्न भएको छ। Success Strikers, Gorkha Panthers, United Brothers र 8848 Cricket Club गरी चार टोलीको सहभागिता रहेको यस प्रतियोगितामा रोमाञ्चक खेलहरूको साक्षी बन्दै गोल्डकोस्टको नेपाली क्रिकेट समुदाय एकजुट भएको थियो।

    images

    प्रतियोगिताको फाइनल खेलमा 8848 Cricket Club ले उत्कृष्ट प्रदर्शन गर्दै Success Strikers लाई २९ रनले पराजित गर्दै विन्टर कप २०२५ को उपाधि जितेको छ।

    पहिले ब्याटिङ गर्न बोलाइएको 8848 Cricket Club ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रनको प्रतिस्पर्धी लक्ष्य खडा गरेको थियो। टोलीका ब्याट्सम्यान विकाश सापकोटाले ४७ बलमा ८ चौका र २ छक्काको सहायताले ५९ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो योगफलतर्फ डोर्‍याए। उनको साथ दिँदै राजत सिग्देल र रिवाज गौतमले पनि उल्लेखनीय योगदान पुर्‍याएका थिए।

    जवाफमा १५७ रनको लक्ष्य पछ्याउन उत्रिएको Success Strikers भने निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रनमै सीमित भयो। टोलीका कप्तान समीर भट्टराईले ५२ बलमा ६० रनको प्रयास गरे पनि अन्य ब्याट्सम्यानहरूबाट पर्याप्त साथ नमिल्दा टोलीले पराजय बेहोर्नुपर्‍यो।

    प्रतियोगिताका प्रमुख पुरस्कारहरू निम्नानुसार रहेका छन्:

    • विजेता: 8848 Cricket Club
    • उपविजेता: Success Strikers
    • सर्वोत्कृष्ट ब्याट्सम्यान: राजत सिग्देल
    • सर्वोत्कृष्ट बलर: अशोक अधिकारी
    • प्लेयर अफ द टुर्नामेन्ट: एभरेष्ट सापकोटा
    • फाइनल खेलको प्लेयर अफ द म्याच: विकाश सापकोटा (५९ रन, ४७ बल)

    गोल्डकोस्ट गोर्खाजद्वारा आयोजित यस प्रतियोगिताले गोल्डकोस्टमा रहेको नेपाली क्रिकेट समुदायबीचको एकता, खेलकुदप्रतिको उत्साह र प्रतिभालाई थप मजबुत बनाएको छ। प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण आयोजक, स्वयंसेवक, प्रायोजक तथा सहभागी चारै टोलीलाई गोल्डकोस्ट गोर्खाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, विजेता टोली 8848 Cricket Club लाई पनि हार्दिक बधाई दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट