Aug 10 2026 | २०८३, साउन २५ गते

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
  • अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

     काठमाडौँ -विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा
    अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ।

    images

    अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ गतेदेखि विभागले उक्त सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो। 

    यो प्रणाली सञ्चालनमा आएसँगै मुलुकभित्र हुने विदेशी नागरिकको आवागमन र गतिविधिहरू राज्यको जानकारीमा रहने विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

    'यो सूचनाले विदेशी नागरिक कुन होटलमा बसे, कतिखेर निस्के भन्ने जानकारी दिन्छ, उनले भने। 

    उनका अनुसार अनुसार यो प्रणाली पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूबाट लागु गरिएको छ।

    विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको दर्ता तथा अनुगमन प्रणाली विकास गर्दै कार्यान्वयनमा लैजाने जानकारी दिएको छ। दुई महिनाभित्र देशभरी यो प्रणाली लागु गर्ने विभागको योजना छ। 

    यसले नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको बसोबास राख्न र आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको  छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट