images

Sep 29 2026 | २०८३, असोज १३ गते

सुन सामान्य सस्तियो, चाँदी महँगियो — कस्तो छ त आजको भाउ?

सुन सामान्य सस्तियो, चाँदी महँगियो — कस्तो छ त आजको भाउ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ८ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ८ २०८३
  • सुन सामान्य सस्तियो, चाँदी महँगियो — कस्तो छ त आजको भाउ?

    काठमाडौं, नेपाली बजारमा आज सुनको भाउ सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको सुन आज भने एक सय रूपैयाँले घटेको हो। बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँ रहेको थियो।

    अर्कोतर्फ, चाँदीको मूल्यमा भने आज सुधार देखिएको छ। बिहीबार प्रतितोला पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार एक सय १५ रूपैयाँमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँले बढी हो।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट