सुन प्रतितोला ९०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा सामान्य वृद्धि
सुन प्रतितोला ९०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम थियो। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि आइतबार यसको मूल्य ४ हजार ८९५ रुपैयाँ थियो।
