Aug 10 2026 | २०८३, साउन २५ गते

विद्युत् महसुल बक्यौता असुल्न प्राधिकरणलाई मन्त्री श्रेष्ठको निर्देशन

विद्युत् महसुल बक्यौता असुल्न प्राधिकरणलाई मन्त्री श्रेष्ठको निर्देशन

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
  • विद्युत् महसुल बक्यौता असुल्न प्राधिकरणलाई मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली तीव्र पार्न नेपाल विद्युत् प्राधिकरणलाई स्पष्ट निर्देशन दिएका छन् । बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यतालिकामा समावेश गरी अघि बढाउन आदेश दिइएको छ ।

    images

    प्राधिकरण सञ्चालक समिति र उपकार्यकारी निर्देशकहरूसँगको छुट्टाछुट्टै बैठकमा महसुल बक्यौता दीर्घकालदेखि थुप्रिएको र रकम समेत विशाल रहेकाले यसलाई शीघ्र फर्छ्यौट गर्नु अपरिहार्य रहेको उनले बताए । सञ्चालक समितिले प्रशासकीय पुनरवलोकन समिति गठन गरिसकेको छ । अब विद्युत् महसुल, जरिबाना लगायतका विवाद उक्त समितिमार्फत पुनरवलोकन गर्न मिल्ने भएको छ । "अन्य विषयमा प्राधिकरणको व्यवस्थापन नियमित ढाँचाबाट अगाडि बढ्नुहोस्," मन्त्री श्रेष्ठले भने ।

    बक्यौता असुलीका लागि मन्त्रालयको निर्देशनको प्रतीक्षा गर्न नपर्ने उनले स्पष्ट पारे । "बक्यौता असुली गर्न मन्त्रीको आदेश कुरेर बस्नुपर्दैन । विगतमा पर्याप्त अध्ययन, छानबिन र निर्णयहरू भइसकेका छन् । यसमा थप निर्णयको खाँचो छैन । ऐन, नियममा जे उल्लेख छ, सोही प्रक्रियाअनुसार अगाडि बढ्नुहोस्," उनले थपे, "कसैलाई विशेष सुविधा दिने र कसैलाई उपेक्षा गर्ने चलन हुँदैन । प्राधिकरणको उच्च व्यवस्थापनले मन्त्रालयको निर्देशन प्रतीक्षा गर्नुभन्दा आफ्नै संयन्त्र सक्रिय पार्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।"

    डेडिकेटेड फिडर र ट्रंकलाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक प्रतिष्ठान, सडक बत्ती लगायत समस्त क्षेत्रको बक्यौता असुल गर्नुपर्ने मन्त्री श्रेष्ठको जोड छ । कानुनी प्रक्रियामा रहेका विषयबाहेक अन्य सबै क्षेत्रमा बक्यौता असुलीमा ढिलासुस्ती नहुने उनले स्पष्ट पारे । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार विद्युत् महसुल बक्यौता हाल ५० अर्ब एक करोड रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट