Aug 10 2026 | २०८३, साउन २५ गते

सिजीको नयाँ वर्ष उपहार योजनाको विजेता बने झापाका रणधीर गुप्ता

सिजीको नयाँ वर्ष उपहार योजनाको विजेता बने झापाका रणधीर गुप्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
  • सिजीको नयाँ वर्ष उपहार योजनाको विजेता बने झापाका रणधीर गुप्ता

    काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको "Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको" अभियानको विजेता घोषणा गरेको छ ।

    images

    झापाको भद्रपुर निवासी श्री रणधीर गुप्ता उक्त योजनाको आकर्षक 'सेट अफ ५ प्रोडक्ट्स' (Set of 5 Products) का विजेता बन्न सफल भएका छन् । उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको 'सिजी इग्नाइट टुबीएस' (CG Ignite 2bs) खरिद गरी उत्पादनमा उपलब्ध QR कोड स्क्यान गरेर यस योजनामा सहभागिता जनाएका थिए ।

    हालै आयोजित एक समारोहमा कम्पनीका प्रतिनिधि श्री आशुतोष ठाकुरले विजेता श्री रणधीर गुप्ता लाई उपहार औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । उपहार ग्रहण गरेपश्चात् श्री गुप्ताले अत्यन्त खुसी व्यक्त गर्दै सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै सुदृढ भएको बताएका छन् ।

    सिजीका साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा आधुनिक शोरुम — 'सिजी डिजिटल' र 'एलजी ब्रान्ड शप' — का साथै कम्पनीका आधिकारिक वेबसाइट www.cgdigital.com.npwww.cginspiringlife.com तथा देशभरका अधिकृत बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिनेछ ।

    उल्लेखनीय छ कि ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सेवा पुर्‍याउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको गुणस्तरीय सेवा निरन्तर प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट