Aug 17 2026 | २०८३, भदौ १ गते

नाइमा एक्स्पो सुपरहिट: ६ दिनमा १.८ लाख दर्शक

नाइमा एक्स्पो सुपरहिट: ६ दिनमा १.८ लाख दर्शक

६ दिनमा १.८ लाख दर्शक

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
  • नाइमा एक्स्पो सुपरहिट: ६ दिनमा १.८ लाख दर्शक

    काठमाडौं — नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ। साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको यो एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित समापन भएको हो।

    images

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए। नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेकोमा त्यसभन्दा बढी सहभागिता जुटेको हो।

    समापन कार्यक्रममा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, एक लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनुलाई नै यस एक्स्पोको ठूलो उपलब्धि रहेको बताइन्। "यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो," उनले भनिन्, "यो अन्त्य होइन, सुरुवात हो। आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ।"

    नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले यति ठूलो संख्यामा दर्शकको आगमन अटो इन्डस्ट्रीकै लागि खुसीको विषय भएको बताए, जबकि अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले मेला सोचेभन्दा बढी सफल भएको र राम्रो इन्क्वायरी तथा बुकिङ भएको बताए। नाइमाकी स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई एक शब्दमा "सुपरहिट" भनी वर्णन गरे भने कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताले देखाएको सन्तुष्टि नै एक्स्पोको सफलताको मापक भएको बताए।

    Outlook-btbnfpxe.png
    undefined

    समापनका दिन नाइमा मोबिलिटी संवादमा "Importing Talent, Exporting Workers: Bridging Nepal's Education, Skills and Entrepreneurship Gap" विषयमा छलफल भयो, जसमा सांसद विदुषी राणा, नाइमा बोर्ड सदस्य सौरभ ज्योति, प्राध्यापक भगवती सेडाइँ र लोचनकेन्द्र देवकोटा प्यानलिस्टका रूपमा सहभागी थिए। एक्स्पोका अन्य दिनहरूमा AI र अटोमोटिभ प्रविधि, ब्याट्री रिसाइकल तथा इथानोल ब्लेन्डिङ, फाइनान्स र इन्स्योरेन्सका माध्यमबाट मोबिलिटी, र लगानी तथा वैदेशिक प्रत्यक्ष लगानीजस्ता विषयमा छलफल भएका थिए।

    नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित यो दोस्रो संस्करणको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक र रेडबुल पावर्डबाई, बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक, तथा इन्स्योरेन्स पार्टनरमा सलिको र एनएलजी इन्स्योरेन्स रहेका थिए। यसैगरी बोस, ग्लोबल कलेज, एम्बार्क कलेज, अग्नि इनर्जी, पठाओ नेपाल लगायत विभिन्न क्षेत्रका कम्पनीहरू विभिन्न साझेदारीमा एक्स्पोसँग जोडिएका थिए।

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट