images

May 17 2024 | २०८१, जेठ ४ गते

एनआरएनएका महासचिव पौडेल आगामी अधिवेशनमा अध्यक्षमा लड्ने

एनआरएनएका महासचिव पौडेल आगामी अधिवेशनमा अध्यक्षमा लड्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • एनआरएनएका महासचिव पौडेल आगामी अधिवेशनमा अध्यक्षमा लड्ने

    काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका महासचिव डा. केशव पौडेलले उम्मेदवारी दिने भएका छन् ।
    हालै क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यहरुबाट सुझाव आएकाले आफूले संस्थाको नेतृत्व गर्ने सोच बनाएको बताए ।

    images
    images

    आफूले शुरुदेखि नै अघि सारेको नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भए पनि डा. पौडेलले नेपाली नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीयहरु बञ्चित भएको अवस्था छ । विभिन्न ठूला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर जाने पौडेलले बताए ।

    संस्था ठूलो भएकाले भद्दा र नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि पौडेलले एजेण्डा बनाएका छन् । यसका अलावा विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा मुखर भएर लाग्ने योजना पनि पौडेलले बनाएका छन् ।

    विभिन्न देशका राष्ट्रिय सम्मेलन सकिइसकेका बेला व्यवसायिक चिकित्सा पेसासँगै एनआरएनए अभियानमा महत्वपूर्ण समय दिएका पौडेलको नेतृत्व दौडलाई धेरै अगुवाले सकारात्मक हेरेका छन् । अमेरिकामा कार्यरत पौडेललाई त्यहाँबाट ठूलो समर्थन मिलेको छ । यसबाहेक धेरै मतदाता भएका युरोपेली तथा अष्ट्रेलियासँगै साना देशबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले पौडेल आशाावादी छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट