images

Sep 30 2026 | २०८३, असोज १४ गते

एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० बाट

एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० बाट

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० बाट

    गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ ।  सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने बताइएकाे छ । 

    महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुने भएकाे छ । सम्मेलनको तयारीको लागि   जुलाइ १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु  सम्पन्न भएका छन् । अगष्ट १० देखि २० तारिखसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न  सम्पूर्ण पन्जिकृत सदस्यहरुलाई आह्वान गरिएकाे छ |

    प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ तारिखमा प्रकाशन गरिने बताइएकाे छ | सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाई दिनुहुन् आग्रह गरिएकाे छ| सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु  विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु,एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी  विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहने बताइएकाे छ  ।

     गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  गौरवमय २० वर्ष पूरा गरेको छ । दुई दशकको यस अवधिसम्म आइपुग्दा नेपालीहरुको उपस्थिति भएका ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण भएकाे छ । विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको सञ्जालमा गोलबन्द गर्दै एकैसुत्रमा समाहित गरी उत्साहका साथ हातेमालो गर्दै सबै हात एकै साथ भन्ने मूल भावका साथ नेपालको समृद्धिको यात्रामा हामी जोडिएकाे छ। विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य संघमा आबद्ध भएका छन् ।

    विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु,  विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट