images

May 17 2024 | २०८१, जेठ ४ गते

केदारनाथकाे गाैरी कुण्डमा मृत्यु हुने नेपालीकाे पहिचान खुल्याे, अझै २० बेपत्ता

केदारनाथकाे गाैरी कुण्डमा मृत्यु हुने नेपालीकाे पहिचान खुल्याे, अझै २० बेपत्ता

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • केदारनाथकाे गाैरी कुण्डमा मृत्यु हुने नेपालीकाे पहिचान खुल्याे, अझै २० बेपत्ता

    भारतकाे उत्तराखण्डस्थित केदारनाथ जाने मार्गमा रहेकाे गाैरीकुञ्जमा परी तीन नेपालीकाे मृत्यु भएकाे छ भने १७ जना नेपाली बेपत्ता भएका छन् । साे घट्नामा २३ जना बेपत्ता भएका मध्ये  ३ जना मात्र भारतीय रहेकाे बताइएकाे छ । हराइरहेका मध्ये ३ जनाकाे शव प्राप्त भएकाे र उनीहरु सवै नेपाली रहेकाे पुष्टि भएकाे छ ।

    images
    images

    गत बिहीबार राति गौरीकुण्डमा गएको पहिरोमा परी नेपालीहरुले  सञ्चालन गरिरहेकाे पसल तथा होटेल पुरिएकाे र बगेकेा थियाे ।   पहिरोले पसल र होटेल सबै बगाएर मन्दाकिनी नदीमा पुर्‍याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतको उत्तराखण्ड र हिमाञ्चल क्षेत्रमा लगातार बाढी पहिरोबाट ठूलो धनजनको क्षति भइरहेको छ । नेपालमा खेतीपातीको काम सकिएपछि नेपालीहरु रोजगारी खोज्दै हिमाञ्चलको सिमला र उत्तराखण्डको केदारनाथ लगायतका क्षेत्रमा गइरहेका छन् । बाढी र पहिराेकाे मतलव नराखिकनै दैनिक १ हजार नेपाली अहिले पनि पश्चिमी नाका गड्डाचौकीबाट भारततर्फ रोजगारीका लागि भारततर्फ गइरहेका छन् ।

    २०७० मा पनि केदारनाथ र बद्रीनाथमा भीषण वर्षापछि बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको थियो । उक्त क्षेत्रमा नेपालीहरु भरियाको काम गर्छन् । उनीहरु वृद्धवृद्धाहरुलाई डोकोमा बोक्ने, तीर्थयात्रीका सामान ढुवानीलगायत कामदेखि गर्दै आएका छन् । कतिपयले होटेल र किराना पसल चलाएर बसेका छन् ।

    पछिल्लो पटक गौरीकुण्डमा होटेल चलाएका परिवार नै पहिरोको चपेटामा परेका हुन् । 

    स्थानीयवासीबाट प्राप्त जानकारीका आधारमा बेपत्ता भएकाहरुको विवरण यस प्रकार रहेको उनले बताए, जसमा नेपाली मूलका १७ जना, रुद्रप्रयाग जिल्लाका ४ जना, अन्य प्रदेशका २ जना गरी जम्मा २३ जना रहेका छन् । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ ।

    पहिराेमा परी ज्यान गुमाउनेहरुमा  कालीकोटका टेकबहादुर कामी, प्रकाश टमटा र देवी बहादुर कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।

    घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका छन्। 

     सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । 

     बेपत्ता हुनेहरुमा आशु - 23 वर्ष - जलई प्रियांशु चामोला, कमलेश चमोला - 18 वर्ष - तिलवारा रणवीर सिंह - 28 वर्ष - बस्टी अनिता बोहरा र अमर बोहरा - 26 वर्ष - नेपाल राधिका बोहरा, अमर बोहरा - 14 वर्ष - नेपाल बोहरा ः अमर बोहरा - 8 साल - नेपाल पृथ्वी बोहरा , अमर बोहरा - 7 वर्ष - नेपाल जातिल , अमर बोहरा - 6 वर्ष - नेपाल  , अमर बोहरा 3 वर्ष - नेपाल विनोद , बदन सिंह - 26 वर्ष - खानवा भरतपुर मुलायम, जसवन्त सिंह - 25 वर्ष - नगला बंजारा सहानपुर सुगरम, जोरा सिंह - 45 वर्ष - नेपाल, बम बोहरा, सतार सिंह बोहरा - 31 वर्ष - नेपाल , चन्द्र कामी, लाउडे कामी–२६ नेपाल, धर्मराज–५६जुम्ला नेपाल, नीरबहादुर–हरिबहादुर रावल–५८ वर्ष–नेपाल, सुमित्रादेवी ५२ वर्ष नेपाल , कुमारी निशा २० वर्ष – नेपाल, रोहित बिष्ट, लक्ष्मण सिंह – उत्स्यु चोपडा, अमर बोहरा, मान बहादुर बोहरा – नेपाल रहेका छन्।

    यसै‌ंबीच सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित २३ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभामुख घिमिरेले विज्ञप्ती निकालेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गरेको समेत जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट