images

May 17 2024 | २०८१, जेठ ४ गते

एनआरएनएको उम्मेदवारमा प्रजातान्त्रिक पक्षधरबाट पौडेलको सम्भावना बलियो

एनआरएनएको उम्मेदवारमा प्रजातान्त्रिक पक्षधरबाट पौडेलको सम्भावना बलियो

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • एनआरएनएको उम्मेदवारमा प्रजातान्त्रिक पक्षधरबाट पौडेलको सम्भावना बलियो

    काठमाडौं । गैर आवासीय नेपालीहरुको छाता संंस्था एनआरएनएको आसन्न निर्वाचनका लागि प्रजातान्त्रिक पक्षधरले उम्मेदवारको दौडधुप बढाएका छन् । नेपाली कांग्रेसनिकट अधिकांश मतदाता र आकांक्षीकाबीच यसपाली प्रजातन्त्रवादी पक्षधरबाट हालका महासचिव डा. केशव पौडेलले अध्यक्षमा उम्मेदवारी दिने करिब सहमति बनेको छ ।

    images
    images

    हाल राजधानीमा रहेका पौडेलले नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँगै प्रवक्ता प्रकाशशरण महतलगायतसँग भेट तथा संवाद गरेका छन् । प्रजातान्त्रिक पक्षबाट अरु पनि आकांक्षी रहे पनि विगतमा संस्थामा रहेर लामो समयदेखि खेलेको भूमिकाका कारण कांग्रेस नेतृत्व प्रजातान्त्रिक समूहबाट पौडेललाई टिकट दिने योजनामा छ ।

    यसपाली हाम्रो समूहबाट एक जना मात्र दावेदार हुनेछन्, कांग्रेसका एक केन्द्रीय नेताले भने, पौडेललाई साझा उम्मेदवार बनाउने तयारी छ । यसमा अर्का आकांक्षी हालका उपाध्यक्ष जापानका महेश श्रेष्ठलाई पौडेलकै टिममा राख्ने गरी साझा उम्मेदवार टुंग्याउने ती नेताले बताए ।

    भेटका क्रममा पौडेलको दावेदारीलाई कुनै समय आफ्नो कार्य समितिका सहयात्री महामन्त्रीद्वय र प्रवक्ता महतदेखि उपसभापति खड्कासमेतले समर्थन गरेका छन् । यसैगरी माओवादी नेता एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलेसमेत सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्दै पौडेललाई शुभकामना दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट