Aug 10 2026 | २०८३, साउन २५ गते

गाजा युद्ध अन्त्य गर्न भइरहेको प्रयास ढिलाइ भए ठूलो रक्तपात हुनेछ : ट्रम्प

गाजा युद्ध अन्त्य गर्न भइरहेको प्रयास ढिलाइ भए ठूलो रक्तपात हुनेछ : ट्रम्प

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २० २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २० २०८२
  • गाजा युद्ध अन्त्य गर्न भइरहेको प्रयास ढिलाइ भए ठूलो रक्तपात हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्ध अन्त्य गर्न भइरहेको प्रयासलाई  छिटो अघि बढाउन  आग्रह गरेका छन्।  सोमबारदेखि इजिप्टमा हमास र इजरायलबीच शान्ति वार्ता सुरु हुने तयारी भइरहेको बेला ट्रम्पले यस्तो बताएको बीबीसीले जनाएको छ ।

    images

    ट्रम्पले सामाजिक सञ्जालमार्फत पहिलो चरणको वार्ता यसै हप्ताभित्र पूरा हुने दाबी गरेका छन्। उनले भनेका छन्, 'समय अति महत्वपूर्ण छ, ढिलाइ भए ठूलो रक्तपात हुनेछ ।'  

    यसअघि हमासले अमेरिकी २० बुँदे शान्ति योजनाका केही अंश स्वीकार गरेको छ, जसमा बन्धक मुक्त गर्ने र गाजाको शासन प्राविधिक सरकारलाई दिने प्रस्ताव गरिएको  छ। तर, हमासले आफ्ना हतियार फिर्ता गर्ने र भविष्यमा शासन नगर्ने बारेमा भने प्रस्तावमा केही उल्लेख गरिएको छैन। 
    यता इजरायली सेनाले भने गाजामा हवाई आक्रमण रोक्न अमेरिकाले गरेको आग्रहपछि पनि बमबारी जारी राखेको छ। इजरायली प्रवक्ता शोश बेड्रोसियनले  पूर्ण युद्धविराम नभएको भन्दै आवश्यक परे आत्मरक्षाका लागि आक्रमण जारी राख्ने बताएका छन्।

    हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गाजामा मात्र ६५ जना मारिएका छन् ।  अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बन्धक मुक्त गर्न बमबारी रोक्नुपर्ने बताएका छन्। अमेरिकी प्रस्तावअनुसार तत्काल युद्धविराम गर्दै ४८ बन्धकको बदलामा सयौँ गाजाली कैदी मुक्त गरिने योजना छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले वार्ता केही दिनमै टुंग्याउने बताएका छन्। सोमबारदेखि वार्ता सुरु गर्न इजरायली टोली काइरो प्रस्थान गर्दैछ भने हमास वार्ता टोली पनि पुग्दैछ ।

    वार्तामा अमेरिकी विशेष दूत स्टीभ विटकोफ, ट्रम्पका ज्वाई जारेड कुश्नर र कतारका विदेशमन्त्री समेत सहभागी हुनेछन्। हालसम्म गाजामा ६७ हजारभन्दा बढी मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका  छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट