images

Sep 29 2026 | २०८३, असोज १३ गते

पत्रकारको प्रश्नमा रवि: बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउने सहमति भएको हो?

पत्रकारको प्रश्नमा रवि: बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउने सहमति भएको हो?

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
  • पत्रकारको प्रश्नमा रवि: बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउने सहमति भएको हो?

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति रवि लामिछानेले परिवर्तनमा लागेका र वैकल्पिक शक्तिहरूसँग संवाद सुरू भएको बताएका छन्।

    मंगलबार राति अबेरसम्म काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका लामिछाने सहकारी बचत अपचलनको मुद्दामा तारेख बुझ्न चितवन पुगेका हुन्।

    अदालत बाहिर लामिछानेलाई पत्रकारले अबेरसम्म चलेको भेटवार्ताबारे प्रश्न सोधेका थिए।

    'बालेनलाई प्रधानमन्त्रीका रुपमा उम्मेदवार बनाउने गरी सहमति भएको हो र?' भनेर पत्रकारले लामिछानेलाई प्रश्न गरेका थिए।

    जबाफमा लामिछानेले भने, 'हामी त्यस चरणमा प्रवेश गरेका छैनौं।'

    लामिछानेले एकअर्कालाई बुझ्ने काम भइरहेको बताए।

    'पहिला त थाहा हुनुपर्‍यो। कुराकानी हुनुपर्‍यो। के कस्तो छ। कहाँ छ। बुझ्नुपर्‍यो। एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्‍यो,'लामिछानले भने, तपाईंहरू हतार नगर्नुस्। बिस्तारै राजनीतिक चरणमा प्रवेश गर्छौं।


    लामिछानले 'हामी नेपाल संस्थाका संस्थापक सुदन गुरूङ संवाद भइरहेको बताए। साथै कुलमान घिसिङसँग पनि समय मिलेपछि कुराकानी गर्ने बताए।'

    'सुदन गुरुङसँग पनि कुराकानी भएको छ। समयका कारण कुलमानसँग पनि कुराकानी गर्छौं।

    एक ठाउँमा आउन प्रयास गर्छौँ। रास्वपा त्यसमा लागिरहेको छ ,लामिछानले भने,'हामी दुई जना मात्र बसेको वार्तामा सबैलाई जे जे स्वाद लाग्छ भनिदिनु भएन।

    उनले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूलाई संवादमार्फत् एकैठाउँमा ल्याउने प्रयास भइरहेको बताए। 'हामी अघि बढेका छौँ' लामिछानले भने, 'टुंगोमा पुर्‍याउने गरी संवाद सुरू भएको छ।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट