images

Sep 29 2026 | २०८३, असोज १३ गते

शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री कार्की र ओलीसहित शीर्ष नेताबीच भेटवार्ता जारी

शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री कार्की र ओलीसहित शीर्ष नेताबीच भेटवार्ता जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
  • शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री कार्की र ओलीसहित शीर्ष नेताबीच भेटवार्ता जारी

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशका मुख्य राजनीतिक दलका ३ जना शीर्ष नेतासहित प्रधानमन्त्रीसँग छलफलमा गरिरहेका छन् ।

    राष्ट्रपति पौडेलको पहलमा राष्ट्रपति कार्यालय शीतल निवासमा हाल प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल सुरु भएको हो।

    छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी रहेका छन् ।

    कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हो।

    जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् ।

    अहिले राष्ट्रपति पौडेलको पहलमा उनले प्रत्यक्ष संवाद गरिरहेकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट