images

Sep 29 2026 | २०८३, असोज १३ गते

रामप्रसाद भण्डारी: निर्वाचन हुने–नहुने बहस अब निरर्थक

रामप्रसाद भण्डारी: निर्वाचन हुने–नहुने बहस अब निरर्थक

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ९ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ९ २०८२
  • रामप्रसाद भण्डारी: निर्वाचन हुने–नहुने बहस अब निरर्थक

    काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक भएको बताएका छन् ।


    आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेसका विषयमा राजनीतिक दलका लागि निर्वाचन आयोगद्वारा आयोजित दुई दिने अभिमुखीकरणको समापनसत्रलाई बुधबार सम्बोधन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिलेको अवस्थामा निर्वाचन निर्विकल्प समाधान भएको बताए।

    उनले निर्वाचनको राजनीतिक मुद्दा राजनीतिक रुपमा हल हुने र आयोगले राजनीतिक तथा कानुनी रुपमा हल भएका विषयलाई शिरोपर गर्ने स्पष्ट गरे ।
    “आयोग जसरी पनि निर्वाचन गराउन तल्लिन रहेको छ । हामीसँग निर्वाचन गर्नेबाहेक अरु अठोट छैन । जेनजी विद्रोहपछिको राजनीतिक अवस्थामा समयमा निर्वाचन नभए के हुने भन्ने पनि अन्योल पनि हुन्छ । त्यसकारण निर्वाचन गराउनु निर्विकल्प काम हो”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, “संविधानलाई नियमिततामा ल्याउन पनि निर्वाचन

    आवश्यक छ । म सबै दललाई निर्वाचनमा राम्रो उम्मेदवार छनोट गरेर मुलुकमा सुशासन कायम गराउने दायित्व निर्वाहमा लाग्न आग्रह गर्दछु ।”
    कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको बन्दसूची पेस गर्दा जात, भाषा, वर्ग र भूगोल सबैलाई प्रतिनिधित्व हुने गरी त्रुटिरहित रुपमा गर्न आग्रह गर्दै जारी हुने निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि पनि स्मरण गराए ।


    उनले दलहरुलाई निषेधको राजनीति नगरी सबैलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन प्रचारप्रसारको वातावरण सिर्जना गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट