images

Sep 30 2026 | २०८३, असोज १४ गते

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालनमा सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालनमा सम्झौता

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
  • नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालनमा सम्झौता

    काठमाडौं । नागरिक लगानी कोष (CIT) र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष (Retirement Fund) व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।

    बुधबार सम्पन्न उक्त सम्झौतामा नागरिक लगानी कोषको तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत (CFO) राजन कायस्थले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ ।

    कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता सञ्चालन गरी परिचय पत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त विवरण तथा रकमका आधारमा खाताहरू अद्यावधिक गर्ने तथा बैंकको सिफारिसअनुसार सेवानिवृत्त कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने व्यवस्था गर्नेछ ।

    त्यसैगरी, कर्मचारीहरूले कोषमा जम्मा गरेको रकमबाट प्राप्त ब्याज, प्रतिफल तथा अन्य सुविधाहरू कोषको नियमअनुसार उपलब्ध गराइनेछ ।

    सम्झौताअनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको पुरानो रकम तथा बाँकी कर्जा समेतलाई कोषमा स्थानान्तरण गरी समायोजन गरिने उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट