Can You Solve the Puzzle" कन्टेस्टको विजेता बने नुवाकोटका श्याम रिजाल, CG ब्रिजर २२ एयर कुलर प्राप्त
Can You Solve the Puzzle" कन्टेस्टको विजेता बने नुवाकोटका श्याम रिजाल, CG ब्रिजर २२ एयर कुलर प्राप्त
काठमाडौँ। नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले सञ्चालन गरेको "Can You Solve the Puzzle" शीर्षकको विशेष कन्टेस्टको विजेता घोषणा गरेको छ। ग्राहकहरूसँगको अन्तर्क्रिया प्रगाढ बनाउने र उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस प्रतियोगितामा देशभरका ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा भएको व्यापक सहभागितामध्ये नुवाकोट निवासी श्याम रिजाल विजेता बन्न सफल भएका छन्। काठमाडौंको सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक छोटो कार्यक्रममा सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले विजेता रिजाललाई आकर्षक उपहारस्वरूप गर्मी मौसमका लागि उपयोगी CG ब्रिजर २२ एयर कुलर (CG Breezer 22 Air Cooler) हस्तान्तरण गरे।
कार्यक्रममा बोलेका सिजी ब्रान्डका प्रतिनिधिहरूले प्रतियोगितामा प्राप्त भएको अपार सहभागिताले ग्राहकहरूको ब्रान्डप्रतिको माया र विश्वासलाई पुनः पुष्टि गरेको बताए। "Experience Life with CG" भन्ने मूल नारालाई आत्मसात गर्दै, आगामी दिनहरूमा पनि ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउने साथै उनीहरूसँग जोडिने र खुसी आदानप्रदान गर्ने उद्देश्यले यस्तै रोमाञ्चक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता ब्रान्डले जनाएको छ।
सिजीका गुणस्तरीय उत्पादनहरू देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल (CG Digital) शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np र www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालभरका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने ब्रान्डले जनाएको छ।
