images

Sep 29 2026 | २०८३, असोज १३ गते

एन आई सी एशिया बैंकद्वारा भट्टेडाँडा, ललितपुरस्थित श्री सातकन्या आधारभूत विद्यालयमा सहयोग

एन आई सी एशिया बैंकद्वारा भट्टेडाँडा, ललितपुरस्थित श्री सातकन्या आधारभूत विद्यालयमा सहयोग

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
  • एन आई सी एशिया बैंकद्वारा भट्टेडाँडा, ललितपुरस्थित श्री सातकन्या आधारभूत विद्यालयमा सहयोग

    काठमाडौँ, — एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरको भट्टेडाँडामा रहेको श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ। हाल १०२ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई थप सहज बनाई गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यका साथ बैंकले यो सहयोग गरेको हो

     मिति २०८३ आषाढ ३ गते विद्यालयमै आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दाहाल र प्रधानाध्यापक राम प्रसाद घिमिरेलाई संयुक्त रूपमा पोशाकहरु हस्तान्तरण गरे।

    अरनिको एल्मुनाई एसोसिएसन, खुमलटारको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थीहरु तथा बैंकका कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

    यस अवसरमा बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनलाई थप सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।    

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट