Aug 17 2026 | २०८३, भदौ १ गते

भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा, नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्दै

भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा, नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्दै

नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
  • भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा, नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्दै

    काठमाडौं। भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ पाँच दिने औपचारिक भ्रमणका लागि साउन ३१ गते (अगस्ट १६) नेपाल आइपुगेका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी यो भ्रमणमा आएका हुन्।

    images

    भ्रमणका क्रममा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई यो दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।

    नेपाल बसाइका क्रममा जनरल सेठले प्रधानसेनापति सिग्देल र राष्ट्रपति पौडेलसहित उच्च सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन्। साथै, प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना रहेको छ, यद्यपि यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइए पनि भेट हुने वा नहुने अन्तिम निर्णय भइसकेको छैन।

    नेपाल र भारतका सेनाबीच झन्डै ७५ वर्षदेखि एकअर्काको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ। सन् १९५० देखि सुरु भएको यो अभ्यासअनुसार दुवै देशका सेनाध्यक्ष नियुक्त भएपछि एकअर्काको मुलुक भ्रमण गर्ने चलन छ। नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले पनि पहिले नै भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्।

    जनरल धीरज सेठले गत असार १५ (जुन ३०) मा भारतीय स्थल सेनाको ३१औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए। पदभार सम्हालेको डेढ महिनाभित्रै उनी नेपाल भ्रमणमा आएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट