images

Sep 29 2026 | २०८३, असोज १३ गते

रातको अँध्यारोमा तस्करी: मकवानपुरमा गाँजासहित दुई पक्राउ

रातको अँध्यारोमा तस्करी: मकवानपुरमा गाँजासहित दुई पक्राउ

मकवानपुरमा गाँजासहित दुई पक्राउ

मंगलबार, भदौ २३ २०८३
मंगलबार, भदौ २३ २०८३
  • रातको अँध्यारोमा तस्करी: मकवानपुरमा गाँजासहित दुई पक्राउ

    काठमाडौं — मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान पौने ३ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कारमा चेकजाँच गर्दा गाँजा बरामद भएको हो। कारको सिटमुनि प्लास्टिकले बेरेर लुकाइएको १३ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

    उल्लेखनीय के छ भने, यो कारलाई ग२च ६१५ नम्बरको अर्को सवारीसाधन (पिकअप जिप) ले 'स्कर्टिङ' गर्दै अगाडि-पछाडि रहेर सुरक्षा दिँदै ल्याइरहेको थियो। प्रहरीले स्कर्टिङ गर्दै आएको गाडी रोक्न खोज्दा दुवै गाडीमा रहेका व्यक्तिले भाग्ने प्रयास गरेका थिए। तर प्रहरीले कार र जिप दुवैका चालकलाई नियन्त्रणमा लिन सफल भएको छ।

    प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। गाँजा कहाँबाट ल्याइएको हो, कहाँ पुर्‍याउने योजना थियो, र यसमा अन्य कोही संलग्न छन् कि भन्ने विषयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट