images

Sep 29 2026 | २०८३, असोज १३ गते

मेरो अनुभूति: परिवर्तनको यो यात्रा साँच्चै देखिँदैछ

मेरो अनुभूति: परिवर्तनको यो यात्रा साँच्चै देखिँदैछ

परिवर्तन भनेको एकैदिनमा आउने कुरा होइन भन्ने पनि म बुझ्छु, तर सानो-सानो कदमले नै ठूलो भरोसा जन्माउन सक्छ भन्ने कुरा यस सरकारले देखाइदिएको छ। हामीले पहिले सुन्दै आएका ठूला-ठूला आश्वासनहरूभन्दा आज देखिने काम र नतिजाले बढी विश्वास दिलाउँछ। यही सिलसिला कायम रहोस्, यही जवाफदेहिता र तत्परता निरन्तर रहोस् भन्ने मेरो नागरिकको हैसियतले भएको इमानदार अपेक्षा हो।

शुक्रबार, असोज ९ २०८३
शुक्रबार, असोज ९ २०८३
  • मेरो अनुभूति: परिवर्तनको यो यात्रा साँच्चै देखिँदैछ

    साँच्चै भन्नुपर्दा, वर्तमान सरकारको काम-काजप्रति आज म हृदयदेखि नै सन्तुष्ट महसुस गर्छु। शासन भनेको साँच्चै काम गर्न सकिने कुरा रहेछ, बस इच्छाशक्ति चाहिने रहेछ भन्ने कुरा यस सरकारले प्रमाणित गरिदिएको छ।

    सुदन गुरुङलाई गृहमन्त्री बनाइँदा साथीहरूसँग म पनि सोचिरहेको थिएँ  "के उहाँले साँच्चै देश चलाउन सक्नुहुन्छ? के उहाँ यो देशले खोजिरहेको संरक्षक बन्न सक्नुहुन्छ?" त्यस्तै, बालेन शाह प्रधानमन्त्री निर्वाचित हुँदा पनि मनमा प्रश्न उब्जिएको थियो  "के देश चलाउन वर्षौंको राजनीतिक अनुभव नै चाहिन्छ, कि गहिरो राजनीतिक जड नभई पनि कसैले फरक पार्न सक्छ?"

    तर आज इमानदारीपूर्वक भन्न सक्छु यी दुई नेता र अरू धेरै मन्त्रीहरूको योगदानले ती सबै शंकालाई पूर्णतः चिर्दिएको छ। "के गर्नु, प्राकृतिक प्रकोप त हुन्छ नि" भन्दै हात बाँधेर बस्ने पुराना नेतृत्वको मानसिकताविरुद्ध यिनीहरूले ठूलो सन्देश दिएका छन्।

    किनभने आज हामी देखिरहेका छौं, सरकारले चाह्यो भने काम हुन्छ। कुराकानी छिटो हुन सक्छ, व्यवस्थित हुन सक्छ, बढी उत्तरदायी हुन सक्छ, र सहयोग आवश्यक परेकाहरूसम्म समयमै पुग्न सक्छ।

    र साँच्चै, आज लाग्छ हामीले सही ठाउँमा भोट हालेका रहेछौं। हामीले परिवर्तनका लागि मत दियौं, र आज त्यो परिवर्तन साँच्चै देखिँदैछ। मानिसहरूले जिस्क्याउलान् नै होला, तर नागरिकको हैसियतले भन्नुपर्दा म साँच्चै छक्क र गर्वित छु।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट