Swiss Challenge Method बैंक तथा वित्तीय संस्थामा लिलाम बिक्री मार्फत ऋण असुलीका लागि एक प्रतिस्पर्धात्मक एवं उत्तम उपकरण
Swiss Challenge Method बैंक तथा वित्तीय संस्थामा लिलाम बिक्री मार्फत ऋण असुलीका लागि एक प्रतिस्पर्धात्मक एवं उत्तम उपकरण
काठमाडौँ - कुनै पनि देशको बैकिङ्ग प्रणाली आर्थिक विकास, लगानी विश्वास र वित्तीय स्थायित्वको मेरुदण्ड मानिन्छ । तर
पछिल्ला वर्षहरुमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको निष्कृय कर्जा (Non- Performing Loan/NPL)
ले समष्टिगत अर्थतन्त्रमानैजोखिम सृजना गरेको देखिन्छ । NPL बढ्दा बैंकको पूँजी पर्याप्तता,
तरलता, नाफा तथा बजार विश्वसनीयतामा समेत नकरात्मक प्रभाव पर्नु स्वभाविक हो । यसरी कर्जा असुलीमा
देखिएको धितोमा रहेका सम्पत्तिको लिलाम बिक्री एवं उक्त सम्पत्तिको व्यवस्थापनका लागि नेपाल बाहेकका अन्य
दक्षिण एशियालि राष्ट्रहरुमा भएका प्रयोग समेतका आधारमा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना अपरिहार्य
रहेको देखिन्छ ।
कर्जा असुलीका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुले हाल प्रयोग गरिरहेका प्रकृया एवं उपकरणहरुबाट अपेक्षित
मुल्य प्राप्त भएको नदेखिएको स्वंय बैंक तथा वित्तीय संस्थाहरुले अनुभुति गरिरहेको अवस्थामा, ऋणी, धितोदाता
एवं निजहरुका हकवालाहरुले उक्त लिलाम बिक्रीसँग सम्बन्धित विषय एवं प्रकृयाउपर कानुनी रुपमा चुनौति दिएका
कारण समयमा कर्जा असुलीमा हुनसक्ने बाधा तथा व्यवधानको समेत सामना गरिरहनुपरेको अवस्था छ, साथै
धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम बिक्रीबाट प्रवाह भएको कर्जा पूर्णरुपमा असुली नभई बाँकि लेना रकम
असुलीका लागि ऋण असुली न्यायधिकरण (Debt Recovery Tribunal/DRT) मा मुद्दा दायर गर्नुपर्ने
भएकाले हाल DRT मा मुद्दाको चाप समेत बढिरहेको पाईन्छ । तसर्थ लिलामी एवं कर्जा असुलीका लागि हाल
प्रयोगमा रहिरहेका उपकरणहरुका अलावा (Swiss Challenge Method) अन्तर्गत धितोमा रहेका सम्पत्ति
लिलाम विक्रीको प्रकृया अवलम्वन गर्दा निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक मुल्य कायम सुनिश्चित गर्दै बैंक तथा
वित्तीय संस्थालाई उचित मुल्यमा ऋण असुलीको अवसर साथै धितोमा रहेको सम्पत्ति बढि मुल्यमा बिक्री हुने
सम्भावना समेत हुने देखिएकालेत्यसको प्रत्यक्ष फाईदा ऋणी एवं धितोधनीलाई समेत पर्न जाने देखिन्छ ।
Swiss Challenge Method लिलामीको कस्तो प्रकृया हो ? यसरी कसरी कार्य गर्दछ ?
यस प्रकृयामा ;
▪ सर्वप्रथम बैंक तथा वित्तीय संस्था (कर्जा प्रदायक) ले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्नु पर्ने सम्पत्तिका
लागि प्रारम्भमा इच्छुक खरिदकर्तासँग प्रारम्भिक मुल्य (Initial Bid) प्राप्त गर्दछन्। उक्त प्रारम्भिक मुल्यले
नै धितोमा रहेको सम्पत्तिको एक निश्चित एवं आधार मुल्य तय गर्दछ ।
▪ तत्पश्चात उक्त आधार मुल्यलाई सार्वजनिक गरि अन्य बोलपत्रदाताहरुलाई लिलाम बिक्री गरिने सम्पत्तिका
सम्बन्धमा उक्त आधार मुल्यलाई चुनौती दिई उक्त रकमभन्दा बढि मुल्य बोलकबोल गरि धितोमा रहेको
सम्पत्ति खरिद गरिलिनको लागि सार्वजनिक सूचना आव्हान गरिन्छ ।
▪ उक्त सार्वजनिक सुचना बमोजिम प्राप्त बोलपत्रहरुमध्येसबैभन्दा बढि मुल्य बोलकबोल गर्नेव्यक्तिको मुल्यलाई
उक्त सम्पत्तिको सबैभन्दा बढ मुल्य तय गरिन्छ ।
▪ तत्पश्चात उक्त सम्पत्तिको बढ मुल्य कबोल गर्ने बोलपत्रदाताको मुल्य वा सोभन्दा बढि मुल्यमा खरिद
गरिलिनको लागि प्रारम्भमा इच्छुक खरिदकर्तालाई मौका दिइन्छ ।
▪ अन्त्यमा, अन्तिम बढि मुल्यमा खरिदगर्न प्रारम्भको खरिदकर्ता तयार भएको अवस्थामा उक्त खरिदकर्ता, अन्यथा
सबैभन्दा बढि बोलकबोल गर्ने व्यक्तिको मुल्य स्वीकृत गर्ने गरी सम्झौता गरिन्छ ।
यस प्रकृयाले दोहोरो प्रतिस्पर्धाकोअवस्था सृजना गर्दछ । प्रारम्भमा प्रस्ताव गर्ने प्रस्तावकलाई आफ्नो प्रस्तावित
मुल्य सुधार गर्ने अवसर साथै बजारमा उक्त सम्पत्ति खरिदगरिलिनको लागि अन्य इच्छुक खरिदकर्तालाई समेत
आधार मुल्य उपलब्ध गराउने हुँदा लिलाम बिक्री हुने सम्पत्तिको उचित एवं वास्तविक मुल्य प्राप्तीको लागि यस
विधि सहयोगि बन्न पुग्दछ ।
कर्जा प्रदायक र ऋणी एकअर्काका परिपुरक हुन्, तथापि बैकिङ्ग क्षेत्रमा ऋणकर्जा प्रवाह र असुलीको प्रकृयालाई
लिएर बेलाबखत सृजित द्घन्दको समाधान कानुनसम्मतनै गर्न दुवै पक्ष तयार हुनुको विकल्प देखिँदैन, सर्वसाधरण
जनताको निक्षेपलाई बचतको रुपमा स्वीकार गरी सर्वसाधारणलाई नै उक्त संकलित निक्षेप रकम कर्जाको रुपमा
प्रवाह गर्दा निक्षेपकर्ताको हकहितको संरक्षण र सुरक्षा हुनेगरी कर्जा प्रवाह गर्नु त छँदैछ, सोका अलावा कर्जा प्रवाह
गर्दा प्रचलित कानुन, आन्तरिक निति नियम एवं नियामकिय प्रावधानहरु समेतकोबर्खिलाफ नहुने गरी कर्जा प्रवाह
गर्ने दायित्व कर्जा प्रदायकको रहन्छ तसर्थ प्रवाह भएको ऋणकर्जाको ऋणकर्जा सम्झौतापत्र बमोजिम वा नियमित
रुपमा ऋणीले ऋणकर्जा रकम नतिरे नबुझाएको अवस्थामा धितो सुरक्षणमा रहेको सम्पत्तिबाट लिलाम बिक्री गरी
असुल उपर गर्नु कर्जा प्रदायकको अनिच्छित तथापि बाध्यात्मक अवस्था हो ।
ऋणी र कर्जा प्रदायकबिच देखिएका कानुनी विवादका सन्दर्भमा मुख्यतय धितोमा रहेको सम्पत्तिको अवमुल्यन गरी
कर्जा प्रदायकले लिलाम बिक्री गर्यो, ऋणीले कर्जा तिर्दातिर्दैको अवस्थामा समेत धितोमा रहेको सम्पत्ति हडप्ने
दुषित नियत कर्जा प्रदायकले राखेको भन्ने दावीका साथ कर्जा प्रदायक विरुद्घमा ऋणी एवं अन्य सरोकार
व्यक्तिहरुद्घारा विवाद सृजना भएको देखिन्छ । कर्जा प्रदायकले लिलाम बिक्रीको प्रकृया अवलम्वन गर्दा धितोमा
रहेको सम्पत्तिको उचित मुल्य वा बढि भन्दा बढि मुल्यमा बिक्री गर्ने प्रयास गर्नुपर्दछ सोको लागि एक उत्तम
विकल्प कर्जा असुली एवं लिलाम बिक्रीको लागि (Swiss Challenge Method) हुनसक्दछ, जसबाट बढी
मुल्यमा धितो बिक्रीको सम्भावना, लिलामी प्रकृयामा पारदर्शिता, लिलाम बिक्रीको लागि पटक पटकको प्रकृया
अवलम्वन गर्नुनपर्ने, कानुनी विवादको कम सम्भावना लगायत बैंक तथा वित्तीय संस्थाको NPL व्यवस्थापनमा
समेत यस विधि सहयोगी सिद्घ हुने देखिन्छ ।
दक्षिण एशियाली बैकिङ्ग प्रणालिमा यस प्रकृयाबाट कर्जा असुलीको प्रकृया अवलम्वन गरिएको भएतापनि हाल
नेपालमा प्रचलनमा रहेका कानुनहरुमा प्रत्यक्ष रुपमा यस (Swill Challenge method) को उल्लेख एवं प्रयोगका
सम्बन्धमा स्पष्तता नभएतापनि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएका केही कानुनी प्रावधान एवं सम्मानित
सर्वोच्च अदालतबाट कैयौं मुद्दाको रोहमा भएको व्याख्याले समेत लिलाम बिक्रीका सन्दर्भमा उचित एवं बढि भन्दा
बढि मुल्यमा बिक्री गर्नका लागि कर्जा प्रदायकले गरेको प्रयास एवं भुमिकाको समेत विवेचना गरि व्याखा गरेको
पाईन्छ, तसर्थ बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कर्जा असुली सम्बन्धी कार्यविधिमा यस विधिको व्यवस्था गरी
लिलाम बिक्री मार्फत कर्जा असुलीको प्रकृया अपनाएमा हाल डड्कारो रुपमा देखिएको NPL व्यवस्थापन, धितोमा
रहेकोसम्पत्तिको उचित मुल्यमा हस्तान्तरण, पारदर्शिता एवं निष्पक्षता समेतका आधारमा कर्जा प्रदायक र ऋणी
बिचको विवाद एवं मतभेदलाई समेत केही मात्रामा भएपनि न्युनिकरणकरण गर्न मदत पुग्न जाने देखिन्छ ।
