Aug 12 2026 | २०८३, साउन २७ गते

संघीय र प्रदेशमा ८ दलकै सरकारः गगन थापा

संघीय र प्रदेशमा ८ दलकै सरकारः गगन थापा

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १६ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १६ २०७९
  • संघीय र प्रदेशमा ८ दलकै सरकारः गगन थापा

    राष्ट्रपति निर्वाचनका लागि बनेकाे नयाँ ८ दलीय सयन्त्रले स‌ंघ र प्रदेशमा सरकार बनाउने गरी गृहकार्य थालेकाे छ । 

    images

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत पुस १० को गठबन्धन भत्काइएकोले अब चुनावकै बेलाको गठबन्धनबाट सबैतिर सरकार बन्ने खुलासा गरेका हुन् । 

    ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको र ५ दलीय गठवन्धनबाट ८ दलीय गठवन्धन बनेकाे उनले बताए । 

     पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने उनकाे जिकीर रहेकाे छ । 

    ८ दलीय गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्‍ने बताउँदै उनले भने,‘दुई महिनापछि हामी एक ठाउँमा उभिएका छौं। यो हुनैपर्थ्यो। जे भएको छ राम्रो भएको छ तर अब हाम्रो अगाडिका बाटो सहज छैन। काम गर्नुपर्छ, काम गर्न सकिएन भने कसैलाई दोष दिने ठाउँ पनि बाँकी रहँदैन ।'

     ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० कै गठबन्धन बलियो बनाएको भए धेरै वर्ष प्रधानमन्त्री हुन पाउनु हुन्थ्यो तर राष्ट्रपति कांग्रेसलाई समर्थन दिएर यतै आउनु भएकाले सच्चिएर जाने परिस्थिति बनेकाे उनकाे टिप्पणी थियाे । 

    चुनावका बेलाका गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा उभिनुका पछाडि केपी शर्मा ओलीले संसदमा दिएका अभिव्यक्ति रहेको पनि थापाले बताए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट