४०० भन्दा बढी सहभागी, १५ बुँदे प्रतिबद्धता: एनआरएनएको डब्लिन घोषणापत्र जारी
४०० भन्दा बढी सहभागी, १५ बुँदे प्रतिबद्धता: एनआरएनएको डब्लिन घोषणापत्र जारी
४०० भन्दा बढी सहभागी, १५ बुँदे प्रतिबद्धता: एनआरएनएको डब्लिन घोषणापत्र जारी
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए)को 17th European Regional Conference आयरल्याण्डको राजधानी डब्लिनमा “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” भन्ने मूल नाराका साथ अगस्ट १०–११ मा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनले “Dublin Declaration 2026” जारी गर्दै नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
रास्वपा संसदीय दलका उपनेता तथा सांसद गणेश पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न यस सम्मेलनलाई परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए। सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुबेदीलगायत राजनीतिक दल, सरकार, निजी क्षेत्र र एनआरएनए संरचनाका प्रतिनिधिको सहभागिता रहेको थियो। ३५ भन्दा बढी देशबाट प्रत्यक्ष र भर्चुअल गरी ४०० भन्दा बढी सहभागिता रहेको सम्मेलनमा नागरिकता, युरोपेली लगानी, श्रम कूटनीति, महिला–युवा सहभागिता र NRNA को rebranding जस्ता विषयमा छलफल भएको थियो।
घोषणापत्रका १५ बुँदामध्ये सबैभन्दा प्रमुख मागका रूपमा गैरआवासीय नेपालीसम्बन्धी विधेयक, २०८३ यथाशीघ्र संसद्बाट पारित गर्न र "एक पटकको नेपाली, सधैंको नेपाली" मान्यताअनुसार वंशजको नागरिकता निरन्तरताका लागि संवैधानिक व्यवस्था गर्न सरकारसँग अनुरोध गरिएको छ। यसैगरी NRNA investment-friendly environment निर्माण गर्न तथा NRNA Development Fund मार्फत जारी पुँजीको ८५ प्रतिशतसम्म securities जारी गर्न सकिने व्यवस्था गरेकोमा नेपाल धितोपत्र बोर्ड र सरकारप्रति आभार व्यक्त गरिएको छ।
घोषणापत्रले युरोपमा रहेका नेपाली श्रमिकको सुरक्षित र मर्यादित रोजगारीका लागि नीतिगत सुधार, पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोएसिया र सर्बियालगायतका मुलुकमा हुने अवैध मानव ओसारपसार नियन्त्रणमा सरकारसँग समन्वय, र डेनमार्कस्थित नेपाली दूतावासको निरन्तरताको माग समेत समेटेको छ। डायस्पोरामा महिला नेतृत्व र युवा–दोस्रो पुस्ताको सार्थक सहभागिता बढाउने, विश्वभर रहेका नेपाली विज्ञ र पेशाकर्मीको ज्ञान नेपालको विकाससँग जोड्न "Nepali Knowledge and Skills Network" निर्माण गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
ब्रिटिस गोर्खाहरूले उठाउँदै आएको असमान पेन्सन तथा विभेद अन्त्यको माग र गोर्खा वंशजका लागि नागरिकता निरन्तरताको विषय पनि सरकारसमक्ष हार्दिक आग्रहका रूपमा राखिएको छ। यसैसँगै घोषणापत्रमा विश्वप्रसिद्ध पर्वतारोही स्व. निर्मल पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको योगदानको उच्च प्रशंसा गरिएको छ।
आगामी दिनमा January मा हुने Fourth Global Knowledge Conference, First Global Women’s Conference सहित Middle East (November 2026), Oceania (December 2026) र Americas (April 2027) regional conferences सफल बनाउन सहकार्यको आह्वान गरिएको छ। आगामी 18th European Regional Conference UK वा Poland मध्ये एक देशमा आयोजना हुने र त्यससम्बन्धी निर्णय ICC ले गर्ने घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा एनआरएनएको सबैभन्दा ठूलो शक्ति एकता भएको औंल्याउँदै सबै अग्रज, अभियन्ता र सदस्यलाई आपसी मतभेदभन्दा माथि उठी एकजुट भई अघि बढ्न आह्वान गरिएको छ। सम्मेलन आयोजक National Coordination Council Ireland लगायत सबै सहयोगीप्रति आभार व्यक्त गर्दै August 11 मा Dublin मा घोषणापत्र जारी गरिएको हो।
