Aug 12 2026 | २०८३, साउन २७ गते

बालेनले ग्रेटर नेपालकाे नक्शा हालेपछि भारतीय मिडियामा हलचल

बालेनले ग्रेटर नेपालकाे नक्शा हालेपछि भारतीय मिडियामा हलचल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २६ २०८०
  • बालेनले ग्रेटर नेपालकाे नक्शा हालेपछि भारतीय मिडियामा हलचल

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ग्रेटर नेपालको नक्शा आफ्‍नाे कार्यालयमा राखेपछि भारतीय मिडियामा हलचल उत्पन्न भएको छ । 

    images

    नक्शालाई लिएर भारतका सामाजिक सञ्जालहरु पनि तातिएका छन् । 

    भारतमा गोडी मिडियाको उपमा पाएका भारतीय च्यानलहरुले त ठूलो मशला पाएका छन् । उनीहरुले आफ्नो टीआरपी बढाउने अवसरका रुपमा यसको दुरुपयोग गर्न थालेका छन् । 

    चर्का चर्का स्वरमा बोल्दै नेपालीहरुलाई भारतप्रति घृणा उत्पन्न हुने गरी र भारतीयलाई नेपाललाई पेलेरै लानुपर्छ भन्ने भावना उत्पन्न हुने गरी मिडियाहरुले बहस कार्यक्रमहरु छेडेका छन् । 

    टीभी च्यानलहरुले २-३ सय रुपैयाँमा पाइने कलाकारहरुलाई सीमाविद् भन्दै स्क्रिप्टका आधारमा बोल्न लगाएको आरोप भारततिर नै उठ्न थालेको छ ।

    भारतले विवादास्पद अखण्ड भारतको नक्शा हालेपछि काठमाडौंका मेयरले विशाल नेपालको नक्शा लगाएका हुन् । 

    बालेनले नक्शा राखेपछि भारतीयहरुलाई नेपालको इतिहास र भारतको इतिहास पढ्न वाध्य पारेको छ । जसले गर्दा नेपाल हजारौं वर्षदेखि अस्तित्वमा रहेको र भारतभन्दा पुरानो देश भनेर बुझ्न भारतीयलाई सजिलो बनाएको छ । 


    भारतीय मिडियाले केके लेखे हेरौं केही लिंक

    https://www.timesnownews.com/india/akhand-bharat-map-row-escalates-as-kathmandu-mayor-places-map-of-greater-nepal-in-his-office-article-100849870

    https://navbharattimes.indiatimes.com/world/asian-countries/india-akhand-bharat-map-in-new-parliament-nepal-response-kathmandu-mayor-places-map-of-greater-nepal/articleshow/100850935.cms

    https://www.abplive.com/news/world/india-akhand-bharat-map-kathmandu-mayor-put-greater-nepal-map-include-up-gorakhpur-bihar-hajipur-2427357

    https://navbharattimes.indiatimes.com/world/asian-countries/india-akhand-bharat-map-in-new-parliament-nepal-response-kathmandu-mayor-places-map-of-greater-nepal/articleshow/100850935.cms

    https://www.bhaskar.com/international/news/akhand-bharat-map-controvesy-nepal-kathmandu-mayor-balendra-shah-greater-nepal-map-131384408.html

    https://www.newsnationtv.com/india/news/in-repone-to-india-new-map-kathmandu-mayor-place-map-of-greater-nepal-378172.html


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट