Aug 12 2026 | २०८३, साउन २७ गते

बिनाढेउवा ‘स्लोगन’ : रविले घोषणा गरे एक सयजनालाई स्वदेशमै रोजगारी दिने

बिनाढेउवा ‘स्लोगन’ : रविले घोषणा गरे एक सयजनालाई स्वदेशमै रोजगारी दिने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • बिनाढेउवा ‘स्लोगन’  : रविले  घोषणा गरे एक सयजनालाई  स्वदेशमै रोजगारी दिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले १०० जनालाई रोजगारी दिने घोषणा गरेका छन् । चितवन–२ को उपचुनावबाट पुनः निर्वाचित भएको १०० दिनको अवसरमा लामिछानेले यस्तो घोषणा गरेका हुन् ।

    images

    गत वर्षको प्रतिनिधिसभा निर्वाचनका क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भाषणमा बोलेर भाइरल भएको विषयलाई रविले विज्ञापनको ‘स्लोगन’ बनाएका छन् । 

    नेपालले भोजपुरी समुदायलाई त्यही भाषामा फ्री भिसा, फ्री टिकेटमा विदेश पठाउने भनेर बुझाउन ‘बिना ढेउवा के’ भनेका थिए । रविले भने विदेश पठाउने नभएर विदेशबाट ल्याउनका लागि फ्री भिसा फ्री टिकेट गर्न ‘बिना ढेउवा के’ भनेर विज्ञापनको स्लोगन बनाएका हुन् ।

    “यी विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन्, छापिँदै छन् । चुनावमा आफूले बोलेअनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’,” रविले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउनेछौँ ।”

    उनले आफूले उपनिर्वाचनमा विजय हासिल गरेको १०० दिन पूरा भएको भन्दै बोलेका कामबारे आफ्नै निर्वाचन क्षेत्रमा गएर जानकारी दिने बताएका छन् । उनले निर्वाचनको समयमा बोल्दा ‘स्टन्ट’ भनिएको विषयलाई पनि जवाफ दिने भन्दै दिनभर फेसबुकमा फलो गरिदिन आग्रह गरेका छन् ।
     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट