images

Sep 29 2026 | २०८३, असोज १३ गते

टिकटको शुल्क नलिन अभियानकर्मीको माग

टिकटको शुल्क नलिन अभियानकर्मीको माग

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • टिकटको शुल्क नलिन अभियानकर्मीको माग

    काठमाडौँ । सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत रु १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् ।  
      
    कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट टाँस गर्नुनपर्ने र निवेदन दर्ताका लागि शुल्क पनि नलाग्ने व्यवस्था गरेको जनाइएको छ ।  कीर्तिपुर नगरपालिकाले सूचना माग गरेर निवेदन दर्ता गरेबापत टिकटको भनी रु १० शुल्क लिने गरेको सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका उपाध्यक्ष विनोद बस्नेतले बताए । 
       
    सूचनाको हकको निवेदन दर्ता गर्दा टिकट नचाहिने र तोक पनि लगाउनु नपर्ने कानुनी व्यवस्था छ भनी पटकपटक नगरपालिकाका सूचना अधिकारीलगायत कर्मचारीलाई स्मरण गराउँदा पनि टिकटबापतको शुल्क लिइरहेको उनले गुनासो गरे । 
    नगरपालिकाले भने नगरसभाको निर्णयअनुसार नै सूचना मागको निवेदन दर्ता गर्दा पनि रु १० को टिकटबापत शुल्क लिइएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा नगरसभाको निर्णय कर्मचारीले उल्लङ्घन गर्न नसक्ने भएकाले सूचना मागको निवेदन दर्ता गर्दा पनि शुल्क लिनुपरेको बताए । 
     
    नगरपालिकामा विसं २०७४ मा जन प्रतिनिधि निर्वाचित भएसँगै सबै प्रकारका निवेदन दर्ता गर्दा टिकटबापत रु १० दस्तुर लिने निर्णय गरिएको उनले जानकारी दिए । यो विषय आगामी नगरसभामा राख्ने गरी तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
     
    यस विषयमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको प्रतिनिधिमण्डलले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ । सूचना मागको निवेदन दर्ता गर्दा टिकटबापत भनी शुल्क नलिन र सूचनाको हकको निवेदन दर्ताका लागि तोक लगाउने नाममा सूचना मागकर्तालाई निरुत्साहित नगर्न पनि अनुरोध गरिएको महासङ्घका केन्द्रीय अध्यक्ष उमिद वागचन्दले बताए  । अन्य स्थानीय तहमा पनि सूचना मागको निवेदनमा टिकटबापत शुल्क लिने गरिएको भए महाङ्घमा खबर गर्न उनले आग्रह  समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट