Aug 12 2026 | २०८३, साउन २७ गते

 प्रदर्शनमा ‘अदृश्य’ र ‘बगान’

 प्रदर्शनमा ‘अदृश्य’ र ‘बगान’

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  •  प्रदर्शनमा ‘अदृश्य’ र ‘बगान’

    काठमाडौँ । आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा छन् । 

    images

    अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए। उनले भने, “सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचित्र कम बन्ने गरेका छन् । एकै कथावस्तु भएको भन्दा पनि यस चलचित्रबाट फरक विषय र प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नोस्वरूप तयार गरेको छु ।” 

    यसै चलचित्रमार्फत निर्देशन प्रारम्भ गरेका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ”, उनले भने । उनका अनुसार चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे र प्रतीक भुजेललगायतले अभिनय गरेका छन् । 

    चलचित्रमा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत सिर्जना, शिशिर खातीको नृत्य निर्देशन, मुकेश शाहको पाश्र्व सङ्गीत सिर्जना तथा निशान घिमिरेको रङ संयोजन रहेको छ ।

    त्यस्तै, चौथो सातामा चलचित्र ‘बगान’ प्रदर्शन भइरहेको छ । पूर्ण पारिवारिक विधामा तयार पारिएको चलचित्रमा एकल आमाको कथालाई प्रमुख विषय बनाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन् ।

    “एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने विषय चलचित्रमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ”, उनले भने, “स–परिवारसँगै यो चलचित्र हेर्दा आफू वा आफ्नाको कथा महसुस गर्नुहुनेछ ।” 

    चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । स्वप्निल निरवको कथामा तयार भएको उक्त चलचित्र रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका वितरण गरेको छ भने मोफसलमा एफडी कम्पनीले गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट