images

Sep 29 2026 | २०८३, असोज १३ गते

अभिनेत्री इलियाना आमा बनिन्

अभिनेत्री इलियाना आमा बनिन्

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • अभिनेत्री इलियाना आमा बनिन्

    बलिउड फिल्म 'बर्फी' की अभिनेत्री इलियाना डिक्रूज आमा बनेकी छन्। 

    उनले १ अगस्टमा छोरालाई जन्म दिएकी हुन्। पाँच दिनपछि इन्स्टाग्राममा छोराको तस्बिर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी छन्।

    उक्त तस्बिरमा लेखिएको छ, 'कोआ फिनिक्स डोलनलाई चिन्नुहोस्। उनको जन्म अगस्ट १ मा भएको हो।'

    'प्यारो छोरालाई दुनियाँमा स्वागत गर्न पाउँदा कति खुशी छु भनेर व्यक्त कुनै शब्द छैन,' उनले इन्स्टाग्राममा क्याप्सन लेखेकी छन्। इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ। 

    इलियानाको विवाह भएको छैन। उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए। 

    इलियाना पछिल्लो समय फिल्म 'द बिग बुल' मा देखिएकी थिइन्। अब उनी रणदीप हुड्डासँग फिल्म 'अनफेयर एन्ड लभली' मा देखिनेछिन्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट