Aug 12 2026 | २०८३, साउन २७ गते

सुदन किराँती वा अमनलाल माेदीकाे मन्त्री पद जाँदै

सुदन किराँती वा अमनलाल माेदीकाे मन्त्री पद जाँदै

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • सुदन किराँती वा अमनलाल माेदीकाे मन्त्री पद जाँदै

    काठमाडौँ । सीके राउतकाे जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि नेकपा माओवादी केन्द्रका एकजना मन्त्रीलाई फिर्ता बाेलाइने भएकाे छ । 

    images

    नेपाली का‌ंग्रेसले आफ्नाे दलका मन्त्री फिर्ता बाेलाउन पहल नगरेपछि दवावमा परेका प्रधानमन्त्री दाहालले माओवादीबाट पर्यटनमन्त्री बनेका सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।  

    मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । 

    पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै पदाधिकारी बैठक बसेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । 

    यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट