Aug 12 2026 | २०८३, साउन २७ गते

का‌ग्रेसकाे संसदीय दलमा उठ्याे एमाले एजेण्डाः उच्चस्तरी समिति नबनाए सरकारबाट ब्याक

का‌ग्रेसकाे संसदीय दलमा उठ्याे एमाले एजेण्डाः उच्चस्तरी समिति नबनाए सरकारबाट ब्याक

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • का‌ग्रेसकाे संसदीय दलमा उठ्याे एमाले एजेण्डाः उच्चस्तरी समिति नबनाए सरकारबाट ब्याक

    गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरीय समिति बनाउन तयार नभए सरकारको समर्थन फिर्ता लिनुपर्ने कुरा नेपाली कांग्रेस संसदीय दलको बैठकमा उठेको छ।

    images

    आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले १०० केजी सुन विमानस्थल प्रहरी र अध्यागमन प्रशासन र भन्सार विभागको मिलेमतोबिना आउनै नसक्ने बताएका हुन्। 

    ‘अध्यागमन प्रशसन, भन्सार विभाग र सुरक्षा संयन्त्र नमिलाई त्यो सुन आउनै सक्दैन। उच्चस्तरीय छानबिनमा तयार नहुँदा राजनीतिक नेतृत्वमाथि पनि शंका सोझिएको छ’, उनले भने, ‘सीआईबीले प्रभावकारिता नदेखाउने भए सनुको भारी बोकाउनेहरु खोज्न समिति चाहिन्छ। बाह्य नेक्सस के के हुन् सरकारले किन सोधखोज गर्दैन? त्यसलाई खोज्न किन अहिलेसम्म उपलब्धि भएन?’

    सांसद पौडेलले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार हुनुपर्ने बताए। 

    ‘हामीले यसको छानबिन हुनुपर्छ, चर्चित सबै घटनाको छानबिन हुनुपर्छ भनेका छौँ। सबै घटनाको छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ’, उनले भने, ‘यदि प्रधानमन्त्रीले उच्चस्तरीय समिति बनाउन मानेनन् भने कांग्रेसले सरकारको समर्थन फिर्ता लिनुपर्छ। संसदीय दलले निर्णय गर्नुपर्छ। यदि प्रमले मानेनन् भने सरकारको समर्थन फिर्ता लिनुपर्छ। सरकार निर्मम छ भ्रष्टाचारमा कसैलाई छाड्दैन भन्ने म्यासेज दिनुपर्छ।’

    पौडेलका अनुसार शुक्रबार र आइतबार बोलेका अधिकांश कांग्रेस सांसदहरुले उच्चस्तरीय छानबिन गठन गर्ने निर्णयतिर पार्टी जानुपर्ने बताएका थिए। 

    ‘संसदीय समिति वा अर्को भन्ने एक मत भएको छैन। तर संसदीय दलमा धेरै एक मत उच्चस्तरीय समिति चाहिन्छ भन्नेमा छ’, उनले भने, ‘एयरपोर्टबाट सियो आएको होइन, एक क्विन्टल सुन आएको छ। त्यसले यसको गहिराइमा पुग्न उच्चस्तरीय समिति चाहिन्छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट