Aug 12 2026 | २०८३, साउन २७ गते

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजानुकाे कारण यस्ताे !

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजानुकाे कारण यस्ताे !

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजानुकाे कारण यस्ताे !

    काठमाडौं । संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा अनुपस्थित भएको छ। राष्ट्रपतिले राजनीतिक अजेन्डा तोकेर बैठक बोलाएको भन्दै एमाले अनुपस्थित भएको हो। 

    images

    राष्ट्रपति पौडेलले समसामयिक राजनीतिक घटनाक्रम, संसद्‌मा जारी गतिरोध लगायत विषयमा छलफल गर्न भन्दै बैठक बोलाएका थिए। एमालेको अवरोधका कारण संसद्‌ बैठक अवरुद्ध हुँदै आएको छ। 

    एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरुको माग सरकारसँग भएकाले राष्ट्रपतिले त्यसमा चासो देखाएर बैठक डाक्नु उचित नभएको बताए। सरकारसँग संवाद समेत भइरहेकाले उही विषयमा राष्ट्रपतिले बोलाएको बैठकमा जानु उपयुक्त नदेखिएको बर्तौलाको भनाइ छ।  

    बर्तौलाले भने, ‘राष्ट्रपतिले राजनीतिक अजेन्डा तोकेर सर्वदलीय बैठक बोलाउनु अनुचित हो। हाम्रो मागका विषयमा हामीले सरकारसँगै संवाद गरेर एउटा निष्कर्ष समेत निकालिसकेका छौं।’

    बर्तौलाले राजनीतिक विषयमा राष्ट्रपति पौडेलले जस–अपजसको भाग खोजेको आरोप समेत लगाए। सरकारले उच्चस्तरीय संयन्त्र बनाउने प्रतिबद्धता गरेपछि आफूहरु संसद् अवरोध हटाउन लागिरहेका बेला राष्ट्रपति पौडेलले बैठक राख्नुले त्यही संकेत गर्ने बताए।

    उनले भने, ‘हामीले एउटा निष्कर्ष निकालिसकेपछि त्यही विषयमा छलफल गरेर माइन्युट बनाएर जस–अपजसको भागिदार बनाउने राष्ट्रपतिको कदम गलत हो। यसमा हाम्रो विरोध छ।’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट