Aug 12 2026 | २०८३, साउन २७ गते

शीर्ष दलहरुकाे बैठक आज पनि, समिति गठनबारे छलफल हुने

शीर्ष दलहरुकाे बैठक आज पनि, समिति गठनबारे छलफल हुने

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • शीर्ष दलहरुकाे बैठक आज पनि, समिति गठनबारे छलफल हुने

    काठमाडौं । संघीय संसद्‌मा जारी गतिरोध अन्त्यका लागि राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरुको बैठक आज (बुधबार) बस्दै छ। यसअघि मंगलबार बस्ने भनिए पनि नेताहरुको व्यस्तता र अस्वस्थताले बस्न सकेको थिएन। 

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा यसअघि सोमबार बसेको बैठकमा संसद्‌को गतिरोध अन्त्यका लागि सहमति नजिक पुगेको नेताहरुले बताएका थिए। 

    संसद्‌ बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकार पक्ष सकारात्मक बनेको थियो। 

    उक्त समितिको संरचना र कार्यादेशबारे प्रारम्भिक खाका तयार पार्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता सम्मेलित कार्यदल गठन गरिएको थियो। कांग्रेसबाट रमेश लेखक, एमालेबाट सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रबाट हिराज पाण्डे कार्यदलका सदस्य छन्। 

    कार्यदलको मंगलबार बसेको बैठकले उच्चस्तरीय समितिको कार्यादेश र संरचनाबारे प्रारम्भिक खाका तयार पारेको छ। उक्त खाका शीर्ष नेताहरुको बैठकमा पेस गरिनेछ। शीर्ष नेताको बैठकबाट खाका पारित भए उच्चस्तरीय समिति गठन हुने नेताहरुले जानकारी दिए। 

    यसअघि मंगलबार बस्ने भनिएको शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तता र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण बस्न सकेन। मंगलबार बस्न नसकेको बैठक बुधबार बस्न लागेको हो। 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको ६० किलोभन्दा बढी सुन साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। 

    सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न दिएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट