Aug 10 2026 | २०८३, साउन २५ गते

सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै 

सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै 

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको कारण उनी भोलीनै पाकिस्तान जाने भएका हुन् ।

    images

    जिल्ला अदालत काठमाडौँमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ । सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित हुँदै आएको छ । उनले एक नाबालिकलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । आजको पेसीकै कारण सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका थिएनन् । 
    पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान जाने भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट