Aug 12 2026 | २०८३, साउन २७ गते

सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन

सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन

    संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ।

    images

    सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति अचानक हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो। उनी नेपाली राजनीतिमा शालिन स्वाभावका राजनीतिज्ञ मानिन्छन् ।

    मृदुभाषी र वाक्कलामा निपुर्ण नेम्वाङलाई एमालेले हरेक वार्तामा सामेल गर्ने गरेको थियो। प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कातर्फबाट सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२० मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २९,००६मत प्राप्त गरेका थिए। सुवासचन्द्र नेम्वाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो ।

    उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरे। प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाए। जो इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन्। त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट