images

Sep 29 2026 | २०८३, असोज १३ गते

'द भ्वाइस अफ नेपाल' सिजन ५ को प्रसारण आजबाट सुरू हुँदै 

'द भ्वाइस अफ नेपाल' सिजन ५ को प्रसारण आजबाट सुरू हुँदै 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • 'द भ्वाइस अफ नेपाल' सिजन ५ को प्रसारण आजबाट सुरू हुँदै 

    काठमाडौँ । गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ। बुधबार काठमाडौंमा शोको प्रिमियर राखिएको थियो। उक्त प्रिमियरमा शोको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो। शोमा १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्। 

    यस सिजनमा कोच परिवर्तन गरिएको छ। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।

    अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन्। 'द भ्वाइस अफ नेपाल' सिजन ५ हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार ८ बजेदेखि प्रसारण हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट