Aug 12 2026 | २०८३, साउन २७ गते

काठमाडौँबाट भारतीय कलाकार रञ्जना फड्के समूहको कथक नृत्य

काठमाडौँबाट भारतीय कलाकार रञ्जना फड्के समूहको कथक नृत्य

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
  • काठमाडौँबाट भारतीय कलाकार रञ्जना फड्के समूहको कथक नृत्य

    काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं  तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य समुहद्वारा ‘कथक नृत्य वाचन कार्यक्रम काठमाडौँमा गरिएको छ ।

    images

    विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय रहनु भएकी नृत्य कलाकार फड्केको समुहद्वारा भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित छ वटा कथक नृत्यको प्रस्तुति मङ्गलवार काठमाडौँमा भएको थियो । उनलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गाङ्गलले नृत्यमा साथ दिएका थिए।

    सो समूहले नेपालका तीन स्थानमा प्रस्तुतिहरु दिने कार्यक्रमअनुसार दोस्रो प्रस्तुति असोज १७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ  । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट