images

Jul 27 2024 | २०८१, साउन १२ गते

भिएफएक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु

भिएफएक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १७ २०८०
  • भिएफएक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु

    काठमाडौं । भिएफएक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीले आफ्नो प्रशारण सुरु गरेको छ । दैबिक शक्ति, प्राकृतिक सुन्दरता तथा सामाजिक कथाबस्तु पेश गर्ने भैरबी ओकेश पनेरुको लेखन निर्देशनमा तयार भएको हो ।

    images

    मिडिया हवको निर्माणमा तयार भएको भैरबीले रिलिजको छोटो समयमै दर्शकहरुको राम्रो साथ पाईरहेको छ ।नेपाली सिरियलमा नयाँ प्रयोग गर्दा दर्शकहरुले भैरबीलाई फरक प्रकारले हेरिरहेको बुझिएको छ ।

    भैरबीमा टिकटककी चर्चित मोडल दीपा शाही, चर्चित कलाकार हिउँबाला गौतम, अमृता श्रेष्ठ, मञ्जु श्रेष्ठ, रत्न प्रजापती, अस्मिता बस्नेत, राजु सिंह, बालकलाकार आरध्या डिसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

    बिनय कार्की पाश्र्व संगीत, शुभास देवकोटाको सम्पादन गरेको भैरबीका दृश्यलाई थप दमदार देखाउँन भुपेन तिवारीले भिएफएक्स गरेका छन् भने सोम धिताल र सिद्धार्थ धिताल प्रमुख निर्माता हुन् ।

    भिडियोमा आएका प्रतिकृयाहरु सकारात्मक र हेर्नेहरुले यसबाट आगामी दिनमा अझ राम्रो हुने आशा समेत व्यक्त गरेका छन् । भैरबी प्रत्येक सोमबार साँझ ६ः४५ बजे मिडिया हव अफिसियल च्यानलमार्फत साप्ताहिक रुपमा प्रशारण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार